Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

    पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 591
    SHARES

    इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ ।

    शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।



    हालैका सल्लाह र कानुन प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको हमलाको सन्दर्भमा राजधानी इस्लामावादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।



    उक्त हमलापछि इस्लामावादको सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ ।

    यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी) ले आत्मघाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका सन्दिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार