Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएपछि माधव र झलनाथ पनि बाहिरिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।

शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि माधव नेपाल र झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिए हुन् ।

सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए ।

एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए । सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077