Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालकोट पुगे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि माओवादी अध्यक्ष दाहाल बालकोटस्थित ओलीको निजी निवास पुगेका हुन् ।

प्रचण्ड पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

बालकोटमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष ओलीबीच छलफल चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077