Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको जनाईएको छ ।

बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077