Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका शिर्ष नेताहरुको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादीकेन्द्रका नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सबै दल तयार भएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि सहमति भएको राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको र राष्ट्रपतिले दिएको ५ बजेसम्मको समय भित्र नै सरकार बनाउने दाबि पेश गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077