Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालकोटको बार्दलीबाट हात हल्लाउँदै प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् ।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागेका हुन् । शीतलनिवास जानुअघि ओली र दाहालले बालकोटको बार्दलीबाट शुभेच्छुकलाई संकेत गर्दै हात हल्लएका थिए ।

प्रचण्डको समर्थनमा १६६ सांसद रहेको एमाले महासचिब शंकर पोखरेलले जानकारी दिएका छन् ।

वर्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड अर्को गठबन्धन सरकारको नेतृत्वमा पुग्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077