Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले कांग्रेस नेतृत्वप्रति कटाक्ष गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउन तयार नहुँदा कांग्रेसलाई खति भएको भन्दै व्यंग्य गरेका हुन् ।

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि सिफारिस भएकोमा उनले प्रचण्डलाई बधाई दिएछन्। बाबुरामले कांग्रेसको नेतृत्वलाई धेरै चाहना नराख्न भन्दै सुझाव पनि दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क। प्रचण्डलाई हार्दिक बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’

भट्टराईले नेपाली कांग्रेसको अडानमा असन्तुष्टि जनाउँदै कांग्रेस नेतृत्वले सही निर्णय लिन नसकेको आशय व्यक्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्दै राष्ट्रपति समक्ष पत्र पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077