Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीकेको टिप्पणी - सत्ताको पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता राजनीतिको पहिलो क्लासबाट ज्ञान र वितृष्णा दुवैको अनुभव हासिल गरेको बताएका छन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने निर्णय गरेका राउतले आइतबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनमतसहित सात दल र ३ स्वतन्त्र गरेर १६९ सांसदको समर्थन छ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वार्ता भएको थियो। त्यही वार्ताको सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

त्यो वार्तामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष सीके राउत पनि सहभागी भएका थिए । आइतबार दिनभरका राजनीतिक घटनाक्रमको ‘प्रत्यक्ष साक्षी’ बनेका राउतले सञ्जालमा एक सन्देश लेख्दै पहिलो क्लासमै धेरै ज्ञान र वितृष्णा पनि अनुभव गरेको टिप्पणी गरे ।

राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास आज। पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहेँ। काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला। तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077