Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई बधाई दिन खुमलटार पुगे बाबुराम, भने - देश समृद्ध बनाउन सहकार्य गरौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् ।

भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

‘क. प्रचण्ड तेश्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना,’ बाबुरामले भनेका छन्, ‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं ।’

प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोमबार बिहान बाबुरामले प्रचण्डलाई भेटेका छन् । प्रचण्ड गोरखा २ बाट चुनाव जितेका थिए ।

प्रचण्ड नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डले आज अपरान्ह ४ बजे सपथ ग्रहण गर्दै छन् । कांग्रेससँगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077