Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबैध सुनसहित डिएसपी ठगबहादुर केसी पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् । उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । करिब १३ महिना अघि केसी बुटवल आएका थिए। केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077