Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागरिकता मुद्धामा प्रहरीलाई हस्तक्षेप गर्दिनँ, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री लामिछाने

काठमाडौं । नागरिकता विवादको अनुसन्धानमा प्रहरीलाई कुनै हस्तक्षप नगर्ने नवनियुक्त गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

गृहमन्त्री भएपछि पदभार ग्रहणका क्रममा लामिछानेले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा कसैलाई दवाव नदिने बताएका हुन् ।

लामिछानेले भने,‘म मन्त्री भएपनि मेरो अनुसन्धानमा निष्पक्ष सहयोग गर्छु। कुनैपनि कर्मचारीलाई दवाव दिने छैन’ लामिछानेले भने, ‘स्वतन्त्र रूपमा कार्य सम्पादन गर्नेछु। हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन।’

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेमाथि लागेको छ।

यस्तै उनले क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्ने भएकाले रास्वपा क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिकामा रहने बताए । यी कुरा सत्ता गठबन्धनका सबै शीर्ष नेताहरुसँग निश्चित गरेर मात्रै रास्वपा सरकारमा सहभागी भएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077