Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविले गरे प्रवक्ताको जिम्मेवारी अस्वीकार, विष्णु बने प्रवक्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ताको जिम्मेवारी अस्वीकार गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकबाट लामिछानेलाई प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

रविले उक्त प्रस्ताव नमानेपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई पौडेललाई प्रवक्ता जिम्मेवारी दिइएको बताइएको छ ।

सरकारको प्रवक्ताले मन्त्रिपरिषद्‌का निर्णय तथा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्छन्।

सामान्यतया सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन रहेपनि उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077