Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बैठक बोलायो

काठमाडौं । नयाँ सरकार गठनसँगै जनता समाजवादी पार्टी ‘जसपा’ ले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

पुष्पकमल दाहाल पूचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा जाने नजानेबारे छलफल गर्न बैठक डाकेको हो ।

पुस १८/१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे टुंगो लगाउनेछ । तिबेलासम्म संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंग्याइने पसपा स्रोतले जनाएको छ ।

सातदलीय गठबन्धनमा रहेको जसपाका १२ संघीय सांसद छन् । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् ।

‘पर्ख र हेर’ को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077