Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीसँग छलफल गर्ने

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग पौडेलले छलफल गर्न लागेका हुन् । अर्थमन्त्री बनेको भोलिपल्टै वार्ताबाट समाधान निकाल्नेगरी उनले गृहकार्य थालेका छन् ।

पदभार ग्रहण गर्दैगर्दा पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका थिए । पहिलो मन्त्रिपरिषद् बैठक अर्थतन्त्र सुधारमा केन्द्रित थियो ।

हिजोको बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरिसकेको छ ।

ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077