Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिएका हुन ।

सन् २०१३ को फेबु्रअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्लेका लीलाई सन् २०२० को अक्टोबरमा घूस खोरी र अनियमिततागरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077