Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 585
    SHARES

    एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिएका हुन ।



    सन् २०१३ को फेबु्रअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्लेका लीलाई सन् २०२० को अक्टोबरमा घूस खोरी र अनियमिततागरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।



    बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ ।

    गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार