Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

    सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 999
    SHARES

    काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।



    एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।



    अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो ।

    लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बिहान सिनामंगलको एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार