Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज महानगरपालिका-२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् ।



    वीरगञ्ज महानगरपालिका-८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो।



    साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । सप्तरी, राजबिराज नगरपालिका-११ बस्ने शुभ नारायण शर्माको को.३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सोनु सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पुस ६ गते राति उनको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार