Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृहमन्त्री रविले राखे सुरक्षा समितिको बैठक, प्रमुखहरूले गरे ब्रिफिङ

    गृहमन्त्री रविले राखे सुरक्षा समितिको बैठक, प्रमुखहरूले गरे ब्रिफिङ

    सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 555
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका प्रमुखहरूबाट सुरक्षासम्बन्धी ब्रिफिङ लिएका छन् ।

    मन्त्रीमा नियुक्त भएको दोस्रो दिनमै उनले केन्द्रीय सुरक्षा समितिको बैठक राखेर ब्रिफिङ लिएका हुन् ।



    गृहमन्त्री रविले नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सुरक्षा समितिको बैठक गृहमन्त्रालयमा बोलाएका थिए ।



    बैठकमा गृहसचिव विनोदप्रकाश सिंह तथा सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए । बैकठमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सामसामयिक तथा सुरक्षा अवस्थाका बारेमा गृहमन्त्री रविलाई जानकारी गराएका थिए ।

    गृहमन्त्री लामिछानेले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार