Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनले खोल्यो नाका, नेपाली वस्तु हुन थाल्यो निर्यात

काठमाडौं । चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागाढी नाका खुला गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री भएलगत्तै चीनले नाका खुलाएको हो ।

रसुवा भन्सार कार्यालयका अनुसार ३५ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला भएको छ । कोरोना महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी नाका खुला भएको बताइएको छ ।

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077