काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच वार्ता भएको छ ।
मंगलबार साँझ एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा अध्यक्ष नेपाल र उपाध्यक्ष पौडेलबीच वार्ता भएको हो ।
भेटवार्ताका क्रममा माधवलाई सरकारमा आउन पौडेलले एमालेका तर्फबाट औपचारिक निमन्त्रणा गरेका हुन् ।
साथै त्यस क्रममा नेता पौडेलले माधवलाई एमालेमै फर्कन समेत प्रस्ताव गरेको बताइएको छ । तर नेपालले स्पष्ट जवाफ नदिएपनि सोच्न सकिने भन्दै केही सर्त राखेको स्रोतले बतायो ।