Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संसदीय दलको निर्वाचन आज, अशोक र राजकिशोरबीच भिडन्त

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुँदैछ ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार आज हुने संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो ।

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।

जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएका छन्।

बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । संसदीय दलको नेताका लागि आजै दिउँसो साढे दुईदेखि साढे तीन बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077