Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् – विडम्बना ! मरिचमान बाहेक सबै प्रधानमन्त्री खस आर्यबाट

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेसम्म निर्वाचित देशको प्रधानमन्त्रीमा खस आर्यकै बर्चस्व देखिएको टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. बाबुरामले सो टिप्पणी गरेका हुन् । उनले मुलुकको २७ औँ प्रधानमन्त्रीमा मरिमान सिंह श्रेष्ठ निर्वाचित भएको बाहेक अन्य सबै प्रधानमन्त्रीमा खस आर्य नै भएको बताए । “मैले पाएको जानकारीअनुसार ३८ जनाको ऐतिहासिक प्रधानमन्त्रीको सूची हेर्दा मरिचमान बाहेक सबै प्रधानमन्त्री ब्राह्मण, क्षेत्री र खस आर्यबाटै आएको देखिन्छ” उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077