Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

एजेन्सी । भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई आम माफी दिइएको छ ।

लीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १७ वर्षको जेल सजाय तोकिएको थियो ।

तर राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रपति युन स्योक एलले ली को बाँकी १५ वर्षको कैद मिनाहा गरी आम माफी दिएका हुन् ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077