Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 603
    SHARES

    एजेन्सी । भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई आम माफी दिइएको छ ।

    लीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १७ वर्षको जेल सजाय तोकिएको थियो ।



    तर राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रपति युन स्योक एलले ली को बाँकी १५ वर्षको कैद मिनाहा गरी आम माफी दिएका हुन् ।



    सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार