Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।

स्रोतका अनुसार ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ ।

उनी अहिले खुमलटारस्थित निजी निवासमै छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि परिवारसहित आज विहान बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077