Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपाल र महेश बस्नेतबीच भेटवार्ता,बस्नेतले भने- एमालेमै फर्किनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो। बस्नेतले एमालेमै फर्कन पार्टी अध्यक्ष नेपालसँग आग्रह गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ।

त्यही बीचमा आज बिहान पनि प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरिसकेका छन्। सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन्।

मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए। यसअघि आफूलाई थाहै नदिइ प्रचण्ड ओलीसँग मिलेको भन्दै नेपालले गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077