Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीमा संसदीय दलको नेता छान्दै एमाले

सुर्खेत । कर्णालीमा नेकपा एमाले संसदीय दलको नेता छान्न बैठक सुरु भएको छ ।

कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए ।

संसदीय दलको नेताका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह आकांक्षी छन् । शाह दैलेखबाट निर्वाचित सांसद हुन् भने कँडेल सुर्खेतबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

२०७४ को निर्वाचनमा पहिलो बनेको एमालेको नेतृत्व नेता कँडेलले आफ्नो नेतृत्वमा भने कर्णाली प्रदेश सरकार निर्माण गर्न सकेनन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकार बनाउने आकांक्षाले उनले निर्वाचनमा पुनः प्रदेश सभा नै रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077