Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल सर्वसम्मत

सुर्खेत । कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए ।

अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।

एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077