Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा अस्पताल भर्ना

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको स्वास्थ्य बिग्रिएको छ । मोदी आमालाई भेट्न अहमदाबाद पुगेका छन् ।

उनीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केही राज्यमन्त्री पनि छन् । यसअघि मंगलबार राति अचानक स्वास्थ्य बिग्रिएपछि हिराबेनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको छ । अस्पतालले बुधबार दिउँसो एक हेल्थ बुलेटिन जारी गर्दै हिराबेनको स्वास्थ्य अहिले स्थिर रहेको जनाएको छ ।

हिराबेनले गत जुनमा आफ्नो १०० औँ जन्मदिन मनाएकी थिन् । त्यसबेला पनि प्रधानमन्त्री मोदी उनलाई भेट्न आएका थिए । उता कांग्रेस नेता राहुल गान्धीले हिराबाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077