Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित किराना पसलका सञ्चालक पक्राउ

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका –४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

बंगाबगडमा रहेको महादेव किराना पसलबाट तीन किलो आठसय ग्राम चरेससहित किराना पसलका सञ्चालक वीरसिंह लोथ्याल पक्राउ परेका हुन् । लोथ्याल दुहु गाउँपालिका–४ घर भइ बंगाबगरमा पसल संचालन गर्दै आएका थिए ।

लोथ्यालले लागूऔषध चरेस बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा पसलबाट ३ किलो ८ सय ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको दार्चुलाका प्रहरी डीएसपी तर्कराज पाण्डेले जानकारी दिए । उनले पसलका गल्लामा थोरै मात्रामा चरेस फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलन गरी लोथ्याललाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077