Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु

    भारतमा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 600
    SHARES

    एजेन्सी । उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।

    उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।



    सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ ।



    बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनीको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका बिरामीको उपचार गर्न दिइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार