Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले युक्रेनको राजधानीमाथि गर्‍यो क्षेप्यास्त्र प्रहार

एजेन्सी । रुसले बिहीवार बिहान युक्रेनको राजधानी किएभ सहित अन्य प्रमुख शहरहरूमा १०० भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ ।

किएभ, खार्किभ तथा लभिभ शहरका शृंखलाबद्ध रुसी क्षेप्यास्त्रका आक्रमण भउको हो । झिटोमिर, ओडेसा र नीप्रोपेत्रोव्स्क शहरमा पनि विस्फोटका आवाज सुनिएका थिए ।

युक्रेनले पेश गरेको शान्ति प्रस्तावलाई रुस सरकारले अस्वीकार गरेपछि भयानक आक्रमण गरिएको हो । रुसले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रलाई युक्रेन सरकारले मान्यता दिनुपर्ने भनी रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ र सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जोड दिएका छन् ।

रुसले बुधवार राति कामिकाजे ड्रोनहरूले आक्रमण गरेपछि आकाश र सागरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । युक्रेनले विद्युत् आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दाहरूलाई फोन चार्ज गरिराख्न भनेको छ ।

ओडेसा र नीप्रोपेत्रोव्स्क क्षेत्रमा विद्युत् आपूर्ति काटिएको घोषणा गरिएको छ । ऊर्जा संरचनामा सम्भावित क्षतिलाई न्यूनीकरण गर्न विद्युत् आपूर्ति काटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077