Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देवरको कुटाइबाट सिराहामा भाउजूको मृत्यु

सिराहा । सिराहामा पाडोले बाली खाएको निहुँमा देवरले कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ३ बलुवाटोलकी ४५ वर्षीया मनतुतदेवी यादवको देवरको कुटाईबाट बुधबार बेलुका मृत्यु भएको हो ।

भैँसीको पाडोले बाली खाएको निहुँमा भएको झगडामा देवरले भाउजूमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार आफ्नै देवर रामदेव यादवको कुटपिटबाट गम्भीर घाइते भएपछि आफन्तको सहयोगमा उपचार र प्रहरीलाई खबर गर्न घरबाट निस्किएकी यादव गाउँबाट करिब पाँच सय मिटरको दूरीमा ढलेपछि नउठेकी हुन् ।

यादवलाई तत्काल मिर्चैयास्थित मंगलम अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । कुटपिटमा संलग्न देवर फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077