Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्ने दुईजना पुर्पक्षका लागि कारागार चलान

    रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्ने दुईजना पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 804
    SHARES

    फाइल फोटो

    काठमाडौं । रसिया हुँदै युक्रेनमा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    जिल्ला अदालत काठमाडौंको आदेशपछि दाङ लमही नपा– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा–१० का २३ वर्षीय रुपेश ढकाललाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाइएको हो ।



    प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको काम लगाइदिने प्रलोभनमा पीडितसँग रकम उठाएका थिए । त्यसपछि उनीहरुले रसिया पुर्याएर अलपत्र पारेका थिए ।



    नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई गत १५ र १६ मंसिरमा पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार