Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मानव तस्करीको आशङ्कामा फ्रान्समा रोकिएको विमान भारत पुग्यो

    मानव तस्करीको आशङ्कामा फ्रान्समा रोकिएको विमान भारत पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 612
    SHARES

    एजेन्सी । मानव तस्करीको आशङ्कामा गत बिहीवार फ्रान्सले रोकेको भारतीय यात्रुवाहक विमान ४ दिनपछि भारत पुगेको छ।

    मानव तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा फ्रान्सले२७६ जना यात्रु रहेको उक्त विमानलाई नियन्त्रणमा लिएको थियो ।



    फ्रान्सले भारतबाट २७६ यात्रु लिएर उडेको चार्टर विमान आज मात्रै भारतको मुम्बई अवतरण गरेको छ।



    चार्टर्ड एयरबस ए ३४० यूएईबाट निकारागुआका लागि उडान भर्ने तयारीमा रहेको विमानमाथि मानव तस्करीको आशङ्का उत्पन्न भएको थियो।

    त्यसपछि दुबईबाट आउने ३०३ यात्रु सवार चार्टर फ्लाइटलाई बिहीवार फ्रान्सको पेरिसदेखि १३० किलोमिटर पूर्वमा अवस्थित वेट्री एयरपोर्टमा रोकिएको थियो।

    घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार