Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मानव तस्करीमा मुछिएका एयर अरेबियाका कर्मचारीलाई उन्मुक्ति

    मानव तस्करीमा मुछिएका एयर अरेबियाका कर्मचारीलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 645
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भिजिट भिसामा रसियामा मानव तस्करीको घटनामा एयर अरेबिया समेत मुछिएको छ । तर, प्रहरीले दबाबमा फितलो अनुसन्धान गरी सो एयरलाइन्सका कर्मचारीलाई उन्मुक्ति दिएको छ ।

    एक प्रहरी जवानलाई दुबई हुँदै रसिया लगेर रसियन सेनामा भर्ती गरेको मानव तस्करीको मुद्दामा एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेको संलग्नता खुलेको थियो । जून घटनामा न्यौपानेको ठेगाना पत्ता नलागेको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय भएको हो ।



    एक प्रहरी जवानलाई भिजिट भिसामा दुबई पठाउँदा न्यौपानेले २० हजार घुस लिएका थिए । यो मुद्दामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्काविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भइसकेको छ ।



    तेह्रथुमका शंकर लिम्बु, मोरङका गोविन्द रिमाल र काठमाडौंका रबिन घिमिरेले प्रहरी जवानलाई विमानस्थलमा सेटिङ मिलाइ भिजिट भिसामा रसिया पु¥याई बेचबिखन गरेका थिए । ती पूर्व प्रहरी जवानसँग लिम्बुले चार लाख ९० हजार रुपैयाँ लिएका थिए । गत १ असोजमा उनलाई मस्को लगिएको थियो ।

    त्यहाँ आर्मी क्याम्पमा लगेर भर्ती गरी झुक्याएर युक्रेनसँगको युद्धमा लगाइएको पीडितको उजुरी छ । युद्धको क्रममा घाइते भएपछि ती युवक अस्पतालबाट भागेर नेपाली दूतावासको सम्पर्कमा पुगी नेपाल फर्किएका थिए ।

    पक्राउ परेका शंकर लिम्बुले अध्यागमन अधिकृत खड्कासँग मिलेर भिजिट भिसामा आफूलाई रसिया पठाएको उनको दाबी छ ।

    यसरी भिजिट भिसामा पठाउँदा अध्यागमन अधिकृत खड्कालाई खातामै ५० हजार रुपैयाँ हालिएको प्रहरी निष्कर्ष छ । गिरोहका नाइके लिम्बुले गोविन्द रिमालमार्फत पैसा हाल्न लगाएका थिए । यो मुद्दामा पक्राउ परेका रबिन घिमिरे ट्राभल एजेन्सी सञ्चालक हुन् ।

    घिमिरेले बयानको क्रममा अध्यागमन अधिकृत राम स्वर्णकारलाई प्रतिव्यक्ति २८ हजार तथा एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेलाई २० हजार दिने गरेको बताएका थिए । उनीहरू दुवै जनालाई सेटिङका आधारमा उन्मुक्ति दिएको स्रोत बताउँछ ।

    जबकि सो एयरलाइन्स र अध्यागमन कार्यालयसँग बुझेकै अवस्थामा उनीहरूको विवरण खुल्ने अवस्था थियो । मानव तस्करीमा संलग्न अध्यागमनका अन्य कर्मचारीहरूलाई पनि सेटिङमा जोगाउने खेल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार