Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेशसभा सदस्यले आज शपथ लिँदै

काठमाडौं । मधेश प्रदेशमा नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ ।

गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो ।

प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज बाँकी १०६ जना प्रदेश सांसदलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।

जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077