काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायले रोकेको आरोप लगाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री समेत रहेका भट्टराईले यस्तो बताउका हुन् ।
उनले आयोजना राज्यकै निकायहरूले अवरोध गरेर रोक्नु दु खद् रहेको बताए ।
उनले भने, ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो । नेपाललाई अगाडि जान नदिनु हो, यस काममा नेपाल भित्रकै मानिस लाग्नु दुःखद् हो ।’
आयोजनामा वातावरणको मुद्दाका कारण सर्वोच्च अदालतबाट रद्द भएको थियो । पछि अदालतबाटै पूर्ण पाठ आएपछि भने आयोजना पुनः प्रक्रियामा अगाडि बढेको छ ।