Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश प्रदेशसभाका १०४ सांसदलेलिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।

मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् ।

मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्। यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077