Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ६ वर्षीया बालिका करणी आरोपमा २८ वर्षीय सांगे पक्राउ

    ६ वर्षीया बालिका करणी आरोपमा २८ वर्षीय सांगे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 594
    SHARES

    सोलुखुम्बु । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज पक्राउ गरिएको हो ।



    बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार