Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरियामा कामदारको तलब ५ प्रतिशत बढ्यो, अब मासिक दुई लाख रुपैयाँ पुग्ने

    कोरियामा कामदारको तलब ५ प्रतिशत बढ्यो, अब मासिक दुई लाख रुपैयाँ पुग्ने

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 582
    SHARES

    काठमाडौं । नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढेको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया गएका कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेको हो ।

    अब प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २ लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया गएका ३५ हजारभन्दा बढी नेपाली कामदारलाई पनि लाभ हुनेछ ।



    कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ ।



    यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत र २०२१ मा १.५ प्रतिशत तलब बढाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार