Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चुनाव हारेपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

एजेन्सी । चुनावमा पराजित भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोडेका छन् ।

आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन भएका हुन् ।

उनी स्थानीय समयअनुसार अपराह्न २ बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको बताइएको छ ।

अमेरिका पलायन भएसँगै बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ ।
बोल्सोनारोले आफ्नो चुनावी हार स्वीकार गरेका छैन ।

बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनेछन् । राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077