Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा लेखन आजदेखि

काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार गर्न लागेको हो।

प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आज देखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने स्रोतले बताएको छ । कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने छन् ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गर्दै त्यसको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको थियो । कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ ।

कार्यदलको प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य सेवा, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयलाई साझा कार्यक्रममा समेटिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077