Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अमेरिकी लडाकु विमान र चिनियाँ नौसेनाको विमानबीच टकराब

    अमेरिकी लडाकु विमान र चिनियाँ नौसेनाको विमानबीच टकराब

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 543
    SHARES

    एजेन्सी। चीनको रक्षा मन्त्रालयले शनिबार एक अमेरिकी लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएको छ।

    यो घटना दश दिन अघिको हो । चीनले अमेरिकी लडाकु विमानले चिनियाँ विमानलाई चुनौती दिँदै चिनियाँ पाइलटको ज्यान जोखिममा पारेको बताएको छ ।



    यस हप्ताको सुरुमा अमेरिकी सेनाले चिनियाँ नौसेनाको लडाकु विमान अमेरिकी विमानको तीन मिटर भित्रबाट गुज्रिएको बताएको थियो।अमेरिकाले स्थिति टक्करको विन्दुमा पुगेको र अमेरिकी विमानलाई त्यसबाट बच्न बाध्य भएको बताएको थियो।



    अमेरिकी पक्षका अनुसार यो घटना पारसेल टापु नजिकैको विवादित क्षेत्रमा भएको हो ।

    चिनियाँ प्रवक्ताले अमेरिकाले यस घटनाको जानकारी दिएर अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गरेको बताएका छन् ।

    बिबिसीका अनुसार चीन, ताइवान र भियतनामले पारासेल टापुहरू वरपरको पानीमा आफ्नो अधिकार दाबी गर्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार