Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ताइवान कब्जा गर्न खोजिरहेको चीनको नयाँ लडाकु विमान युद्धको प्रशिक्षणमा

    ताइवान कब्जा गर्न खोजिरहेको चीनको नयाँ लडाकु विमान युद्धको प्रशिक्षणमा

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 3.6K
    SHARES

    काठमाडौं। ताइवानलाई चीनसँग पुनः एकीकरण गर्ने रणनीति बनाइरहेको चीनले आफ्नो एक विशेष लडाकु विमान जे–१६ डीलाई वास्तविक युद्धको स्थितिको सामना गर्नको लागि ‘रियल कम्ब्याट ट्रेनिङ’मा पठाएको छ ।

    चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले आइतबार दिएको जानकारीअनुसार यो लडाकु विमान चीनको जे–२० स्टेल्थ लडाकु विमानको साथमा मैदानमा उत्रिनेछ । एक चिनियाँ सैन्य विशेषज्ञले नाम नछाप्ने शर्तमा ग्लोबल टाइम्ससँग कुरा गर्दै वास्तविक युद्ध उन्मुख अभ्यासमा तैनाथ हुनुको अर्थ चिनियाँ जनमुक्ति सेना (पीएलए) वायु सेनाले यो विमानलाई बुझेको र अब युद्धको स्थितिको लागि तयार भएको बताए ।



    एक विशेषज्ञले यो विमान छिटै युद्धको लागि तयार हुने बताए । चीनको सरकारी टेलिभिजन सीसीटिभीले दक्षिणी चीनको झुहाइमा सिप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता भएको एयरशोमा सार्वजनिक भएपछि यो विमान रियल कम्ब्याट ड्रिलमा सहभागी भएको बताएको छ ।



    ग्लोबल टाइम्सका अनुसार यो विमान इलेक्ट्रिक वारफेयरमा माहिर छ । यो विमानले अन्य लडाकु विमानको साथमा काम गर्दा गर्दै एक पूर्ण एभिएसन इलेक्ट्रिक वारफेयर सिस्टम बनाउने र पिएलए एयरफोर्सको क्षमता बढाउने विश्वास गरिएको छ । किनकि यो विमानको साथमा अन्य युद्धक विमानले परिचित स्थितिमा युद्ध अभियान अगाडि बढाउन सक्छन् ।

    इलेक्ट्रोनिक वारफेयरको लागि जरुरी उपकरणबाट सुसज्जित विमानले दुश्मनको राडार र अर्ली वार्निङ एयरक्राफ्टमा आक्रमण गर्न सक्छ । सीसीटिभीले चिनियाँ सैन्य विशेषज्ञ वांग मिंगझीको हवाला दिँदै यो विमान जे–१६ को मोडलमा विकसित दुई सिट र दुई इन्जिन भएको भारी लडाकु विमान भएको बताएको छ।

    यो विमानले आफ्नो पखेटा र विमानको तल कैयौं उपकरण लिएर उड्न सक्छ । खासगरी साना र ठूला पडहरु लिएर उड्न सक्छ । यी पडहरुमा इलेक्ट्रिक निकरानी, संचार व्यवधान र राडार जामिङ जस्ता कैयौं उपकरण हुन्छन् । यसका साथै हावाबाटै मार हान्न सक्ने मिसाइल पनि हुनेछन् जसले यो विमानलाई विशेष बनाउँछन् ।

    चिनियाँ लडाकु विमान जे–२० पनि दुश्मनको राडारलाई निशाना बनाउने कामको लागि प्रसिद्ध छ । तर जहाँ एकातिर जे–२० ले राडारलाई धोका दिन सक्छ अर्कोतिर जे–१६ डीले राडार प्रणालीलाई नै विफल पार्न सक्छ । वांग मिंगझी भन्छन्–‘यदि दुवै विमान एकसाथ उत्रिए यिनीहरुको क्षमता धेरै बढ्नेछ ।’

    यद्यपी ताइवानकी राष्ट्रपति साई इङ वेनले भने यसअघि नै चेतावनी शैलीमा ताइवान सरकार चीन सामु नझुक्ने बताइ सकेकी छन्। सी चिनफिङले ताइवानसँग जसरी पनि ‘शान्तिपूर्ण पुनर्मिलन’ गर्ने भनेको भोलिपल्ट वेनले ताइवान चीनसामु नझुक्ने बताएकी थिइन् ।

    यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ताइवानमाथि चीनले आक्रमण गरे त्यसको प्रतिरक्षामा आफूहरु उभिने बताएका छन् । ताइवानबारे अमेरिकी नीतिभन्दा अलग टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार