Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ताइवानी उपराष्ट्रपति अमेरिका पुगेपछि चीन आक्रोशित, शसक्त कदम चाल्ने चेतावनी

    ताइवानी उपराष्ट्रपति अमेरिका पुगेपछि चीन आक्रोशित, शसक्त कदम चाल्ने चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 450
    SHARES

    उजेन्सी । ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरेपछि चीन आक्रोशित भएको छ ।

    उपराष्ट्रपति लाइको उक्त भ्रमणको चीनले निन्दा गरेको हो । चीनले विलियम लाइको सप्ताहन्तमा अमेरिकाको भ्रमणमा दृढ र शसक्त कदम चाल्ने चेतावनी दिएको छ ।



    चीनले उपराष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेको समेत जनाएको छ । उपराष्ट्रपति लाइ पाराग्वे जाने क्रममा अमेरिकाको बाटो रोजेका हुन ।



    ताइवानी उपराष्ट्रपति लाइ पराग्बेमा अगस्ट १५ मा सान्टियागो पेनाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमको साक्षी हुनेछन्। सोही क्रममा ताइवनका उपराष्ट्रपति लाइ गत शनिबार न्यूयोर्क पुगेका थिए।

    दक्षिण अमेरिकामा ताइवानको एक मात्र सहयोगी पाराग्वे हो। चीनले ताइवानका उपराष्ट्रपतिको भ्रमणबाट उत्पन्न हुने हरेक अवस्थाको विकासलाई नजिकबाट नियालिरहेको छ र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र दृढतापूर्वक कदम चाल्ने जनाएको छ ।

    अमेरिकाको भ्रमणलाई ताइवानी अधिकारीहरूले भ्रमणको सट्टा ‘ट्रान्जिट’ भनेर उल्लेख गरेका छन् किनभने अमेरिकाको ताइवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार