Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पेलोसीको भ्रमणपछि अर्को अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

    पेलोसीको भ्रमणपछि अर्को अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 936
    SHARES

    काठमाडौं । अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको हो ।

    पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । त्यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले ताइवान भ्रमणमा गएको हो ।



    प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरुसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।



    चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको ग्यारेन्टी गर्न भारतलगायत राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्ने बताएको छ। यसैबीच, चिनियाँ वायु सेनाका लडाकु विमानहरु आज सोमबार फेरि ताइवानी आकाशमा प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार