Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

    अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 924
    SHARES

    फाइल तस्विर

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।

    डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिंटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको हो ।



    अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।



    मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ ।

    अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिंटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार