Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने राष्ट्रपति साईको घोषणा

    ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने राष्ट्रपति साईको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । ताइवानले सैन्य सेवालाई अनिवार्य गरेको छ । चीनको स्वशासित टापुमा लगातार बेइजिङसँग तनाव बढेपछि ताइपेइले सैन्य सेवालाई अनिवार्य गरेको हो ।

    राष्ट्रपति साई इङ–वेनले सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने बताए । राष्ट्रपति साईले बेइजिङबाट आक्रमण भएमा ताइवानको रक्षालाई सुदृढ तुल्याउन नयाँ योजनाको घोषणा गरे ।



    राष्ट्रपति साईले सेनामा भर्तीहुनेलाई गहन प्रशिक्षण दिइने, अमेरिका र अन्य देशका उन्नत सेनाबाट सहयोग लिने योजना पनि उनले सुनाए ।



    ताइवान टापुको वर्तमान रक्षा प्रणाली चीनको आक्रामण सामना गर्न अपर्याप्त भएकाले सैन्य सेवालाई अनिवार्य गरिएको जानकारी दिँदै ताइवानी राष्ट्रपतिले ‘यो अत्यन्त कठिन निर्णय हो तर राष्ट्रपतिको हैसियत तथा सेनाको प्रमुखको रूपमा आफूले राष्ट्रिय हित र लोकतान्त्रिक जीवन शैलीको रक्षा गर्नु परम कर्तव्य हो’, भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार